नयाँ गठबन्धनमा ‘भद्र’ सहमतिः यसरी हुँदैछ भागबन्डा

काठमाडौं। सत्ता समिकरणमा एमाले नेतृत्वको गठबन्धन सरकारमा माओवादीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि महत्पूर्ण पदको भागबन्डा भने अझै बाँकी छ ।

प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्न यसअघि बालुवाटारमा बसेको बैठकले राष्ट्रपति र सभामुख एमाले आफैले राख्ने गठबन्धन दलहरुसँग भद्र सहमति गरेको थियो । सो सहमतिका आधारमा अब राष्ट्रपति र सभामुख एमालेले पाउने भएको छ ।

यता, प्रधानमन्त्री पाएको माओवादीले भने उपराष्ट्रपति र रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने भएका छन् । यीसहित राष्ट्रिय सभामा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन् ।