यस कारण फैलियो पेलेको निधन भएको अफवाह…

काठमाडौँ । सामाजिक सञ्जालमा एकाएक फुटबल खेलाडी पेलेको निधन भएको भन्दै अफवाह फैलिएको छ।

केही समयदेखि क्यान्सरका कारण उपचार गराईरहेका पेलेबारे अन्तराष्ट्रिय सञ्चारमाध्यामले कुनै समाचार उल्लेख गरेका छैनन्। तर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकमा पेलेको ‘निधन’ भएको भन्दै श्रद्धाञ्जली दिनेहरुको लहर लागेको छ।

सामाजिक सञ्जालमा पछिल्लो समय फैलिएको अफवाहलाई सत्य मानेर धेरै सर्वसाधरणले सेयर गर्दै आफ्नो भावना साट्ने काम गरेका छन्। पेले क्यानसरका कारण अहिले अस्पतालमा उपचाररत रहेका छन्। उनको ब्राजिलस्थित अल्बर्ट आइस्टाइन अस्पतालमा उपचार भइरहेको छ।

क्रिसमसमा पनि उनलाई घरमा लगीएको थिएन्। उनको परिवारले अस्पतालमानै क्रिसमस मनाएको थियो। पेलेको पछिल्लो अवस्थाबारे प्रतिष्ठित सञ्चारमाध्यामहरुमा समाचार संप्रेषण गरेका छैनन्। जबकि नेपालमा निधन भएको भन्दै भ्रामक समाचार फैलाइएको छ।

पेले संसारका एक मात्रै खेलाडी हुन्, जसले तीन विश्वकप जितेको छ ।