अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा आवश्यक : मैनाली

काठमाडौं । नेकपा (एमाले)का महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्ने बताएका छन् ।

महासचिव मैनालीले भने, “नेकपा एमाले र माओवादी केन्द्रबीचको वर्तमान सरकार संयोग भएकाले मुलुक समृद्धितर्फ अघि बढ्ने ढोका खुला भएको छ ।”

नेकपा (एमालें)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले भन्नुभयो, “नेकपा एमाले एकीकरणको मूल आधार वैचारिक हो ।” वामपन्थी आन्दोलनले विगतमा पुर्याएको योगदानका कारण समग्रतामा मुलुकलाई मूलधारमा ल्याएको भट्टराईले बताए ।

सहिद हरि नेपाल प्रतिष्ठानद्वारा आज आयोजित ४३ औँ स्मृतिसभामा सहिद हरि नेपालले देश र जनताका लागि सहादत प्राप्त गरेको उनका भाइ कृष्ण नेपालले जानकारी दिए ।

नेपाल सरकारले २०७२ फागुन महिनामा हरि नेपाललाई सहिद घोषणा गरेको थियो । त्यसपछि नेपालको योगदानको कदर भएको सहिद हरि नेपाल प्रतिष्ठानका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए ।

सो कार्यक्रममा प्रतिष्ठान कार्यसमितिका सदस्य नवनिर्वाचित सांसद जनता समाजवादी पार्टीकी सुशीला श्रेष्ठ र नेकपा एमालेकी उर्मिला थेवेलाई अभिनन्दन गरिएको थियो ।