काठमाडौं । प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत नेपाली कांग्रेसका उद्धव थापा चयन भएका छन् । थापाले १८ मत पाएर निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाए भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाएका छन् । २९ जना मतदाता रहेकोमा थापाले सबैभन्दा बढी मत ल्याएका हुन् ।



















