भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ ।
उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको उल्लेख गरेका छन् ।