टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु जनचाहना विपरित हुने डंगोलको दावी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएकी छन्।

आज ९सोमवार० अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएकी हुन्।

उनका अनुसार अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यक्ता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि ब बढाउन सकिन्छ ।

धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको उनको भनाइ छ ।

‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ। आवश्यक्ता हो की होइन भन्ने बारेमा अध्ययन भइरहेको हो, डीपीआर, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै रहेको उनले बताइन । धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना नरहेको समेत उनले बताइन ।