राप्रपालाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ, तर हामी लोभ गर्दैनौँ: उपाध्यक्ष प्रधान

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष धु्रवबहादुर प्रधानले ठूला दलबाट नै आफ्नो पार्टीलाई प्रधानमन्त्रीको अफर आएको बताएका छन् ।

शुक्रबार संसद् भवनमा आयोजित सर्वदलीय बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग उपाध्यक्ष प्रधानले कांग्रेसतर्फ संकेत गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर आएको बताएका हुन् ।

ठूलो पद पाउनेबित्तिकै यता जाने, सिट संख्या धेरै पाउनेबित्तिकै उता जाने गर्दा जनताले स्वीकार नगर्ने उल्लेख गर्दै उनले भने,‘अध्यक्षलाई प्रधानमन्त्रीको कुराहरू आएका हुन्। त्यो प्रस्ताव आए पनि हामी पद लोलुप छैनौँ ।’

आफूहरुले स्थिर सरकार चाहेकाले कांग्रेसको प्रस्ताव स्वीका नहुने उनको भनाइ छ । उपाध्यक्ष प्रधानले अहिलेको सरकारमा आफूहरु सुझबुझपूर्ण तरिकाबाट आएकाले जनताको अपेक्षाविरुद्ध नजाने बताए ।