काठमाडौं । कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठक ९सुनिल पाठक एजेन्सी० द्वारा सञ्चालित अल स्टेट इन्सुरेन्सको प्रथम बार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । कोलोराडोस्थित शहरहरू ब्राइटन, बोल्डर, लङमण्ट, ब्रुमफिल, वेष्टमिनिष्टरका मेयर, नेपालका लागि पूर्व अमेरिकी राजदुत स्कट डेलेसि, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ लगायतको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
एजेन्सीका सञ्चालक तथा कार्यक्रम आयोजक सुनिल पाठकले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै आफूलाई यहाँसम्म ल्याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिए । त्यसैगरी पूर्व राजदुत र मेयरहरूले पनि नेपालबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कोलोराडोमा रहेका बिभिन्न संघ संस्थाका पदाधिकारी समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारणको उपस्थिति थियो ।
कार्यक्रममा आयोजकले उपस्थित सबै अतिथी, संघ संस्थाका प्रतिनिधिलाई खादा माला लगाएर मायाको चिनो प्रदान गरी स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा हास्य कलाकार महादेव त्रिपाठीले लाखेनाच, जादु र कमेडी डान्सलागायत स्थानीय कलाकारको नेपाली कला संस्कृति झल्काउने नृत्य तथा लाइभ ब्याण्डको प्रस्तुति पनि गरेका थिए ।






















