नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन्।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए।
यो मुद्दाको किनारा भने लागिसकेको छैन। अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।
सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ।



















