एकैदिन तोलामा १२ सयले बढ्दै सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार तोलामा १२ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च हो ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बिहीबार एकैदिन १२ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।