शिखर इन्स्योरेन्सद्धारा कृषि, पशुुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै देशभरिका विभिन्न स्थानमा फरक–फरक समय स्थानमा तालिम प्रदान गर्ने भएको हो ।

उक्त अभिकर्ता तालिममा सहभागि हुन इच्छुक उम्मेदवारले आवश्यक कागजात पत्र सहित कम्पनीका तालिम सञ्चालन हुने सम्वधित शाखामा आवेदन दिन सक्नेछन् ।