काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
आज अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने पनि तयारी छ।
उक्त संयन्त्रमा सत्ता साझेदार ७ दलका शीर्ष नेताहरू छन् भने उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली हुन्।



















