काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ ।
सो ठाउँमा आगलागी हुँदा ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् भने लाखौँको क्षति भएको हुुन पुगेको छ ।
हजारी साह र विवेक चौधरीले संचालन गरेको कपडा पसल जल्दा पाँचरपाँच लाख, मोहम्मद सुबराति र अनिल साहले संचालन गरेको कपडा पसलमा क्रमशस् २० लाख र १७ लाख, मुनुलालप्रसाद रौनियारले संचालन गरेको हरिओम ट्रेडर्समा २० लाख र अन्जनीप्रसाद चौरसियाले संचालन गरेको पसलमा पाँच लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
मार्केटमा अनिल साहले संचालन गरेको कपडा पसलबाट आगलागी सुरु भएपछि विधुत सर्ट भएर आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ । आगलागि वारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















