अर्थमन्त्री पौडेलले बोलिरहँदा कांग्रेसको नियमापत्ति

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बालिरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ ।

अर्थमन्त्रीले अर्थ वार्षिक समीक्षामाथि शुन्य समयमा सासंदहरुले उठाएको प्रश्नको मन्त्री पौडेलले जवाफ दिने क्रममा कांग्रेसका सांसद रामहरी खतिवडाले सर्वोच्चले पद खारेजी गरेको रवि लामेछानेको नाम संसद सचिवालयको लिस्टमा उल्लेख भएको देखेपछि नियमापत्ति जनाएका हुन् ।

खतिवडाले १३ माघमा सर्वोच्च अदालतलले गरेको फैसला पुन स्पढेर सुनाउन सभामुखमार्फत नियमापत्ति जनाउँदै वास्तविकता के हो भन्ने बारेमा प्रश्न उठाएका थिए ।

सासंद खतिवडाको नियमापत्ति पछि सभामुखले ध्यानाकर्षण भएको भन्दै प्राविधिक त्रुटिका कारण भुलबस लामेछानेको नाम पर्न गएको सदनमा जानकारी गराएपछि विवाद साम्य भएको हो ।