काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटर्वाता गरेका छन् ।
केहीबेरअघि प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष नेपाल सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालय पुगेका हुन्।
तत्कालिन कांग्रेस माओवादीसहितको गठबन्धन ब्यूताउने तयारी भइरहेका बेला प्रचण्डसँग नेपालको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागि रहेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि उम्मेवारी दिन २ दिन बाँकी रहँदा सहमति जुटाउन सकस परिरहेको छ । आजै साँझ तत्कालिन गठबन्धनको बैठक बस्ने बताइएको छ ।






















