सेयर बजारमा पहिरोः ५७.७४ अकंले घटेर २०२२.६४ बिन्दुमा बन्द

काठमाडौं । सेयर बजारमा आज पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) ५७.७४ अकंले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँको कारोबार भएको छ ।

साताको अन्तिम कारोबारको दिन १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.७८ प्रतिशत, विकास बैंक समूहको १.४४ प्रतिशत, फाइनान्स समूहको २.४६ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.०८ प्रतिशत, हाइड्रोपावर समूहको २.२२ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।


केन्द्रीय बैंकले समीक्षामार्फत सेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था गर्ने आँकलन गरिए पनि व्यवहारमा त्यस्तो नभएपछि लगानीकर्ता निराश बनेका हुन् । सेयर लगानीकर्ताले सेयर धितो कर्जामा तोकिएको ४ करोड र १२ करोडको सीमा परिमार्जन गर्ने र ब्याजदर घटाउने तथा तरलता बढाउने खालका सुधारको अपेक्षा गरेको थियो । तर त्यसो नभएपछि सेयर बजार ओरोला लागेको हो ।

लघुवित्तहरुले ग्रामिण भेगका गरिबहरुको आत्महत्यादेखि घरवास नै उजाडिन गुगेका त कतै गाउँ छोडेर भाग्नुसम्म परेको घटनाहरुले खुबै चर्चा पाएसँगै कम्पनीले नरहने प्रश्न उठ्न थाले पछि सेयर बजारमा कम्पनीको सेयर राताम्य भएको हो । आज ४१ लघुवित्त ओरालो लाग्दा सेयर बजार प्रभावित बन्न पुगेको छ ।