काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ । सन्दीपलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ ।
क्रिकेट खेल्न विदेश जान पाउ भन्दै सन्दीपले दायर गरेको मुद्दामा शुक्रबार सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाले आइतबारका लागि पेशी तोक्न आदेश दिएको थियो ।
त्यसविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेश गरेको थियो । सन्दीपले पनि आफू क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।



















