भोट माग्न नेकपा (एस) कार्यालयमा पुगे सुवास नेम्वाङ

काठमाडौं । एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवास नेम्वाङले एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका छन्।

बिहीबार बिहान नेम्वाङसहित एमालेका नेताहरू समाजवादीको केन्द्रीय कार्यायलमा पुगेर अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग भेटवार्ता गरि मत मागेका हुन् ।

सो क्रममा नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत रहेका छन् । भने एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित महासचिव वेदुराम भुसाल लगायत रहेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबार दिउँसो १ बजे बसुन्धारास्थित कार्यालय पुगेर नेम्वाङले भेटवार्ता गर्ने कार्यक्रम छ।

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेबाट नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । भने ८ दलबाट साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल रहेका छन् ।