विष सेवन गरेकी सामाजिक अभियन्ता शर्मिला वाइवाको वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं ।सा माजिक सञ्जालमा भाइरल बनेकी सामाजिक अभियन्ता शर्मिला वाइवाले विष सेवन गरेकी छिन्। वाइवाले बुधबार राति आफ्नै निवास बानियाँटारमा विष सेवन गरेकी हुन्।

अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रहरी प्रमुखका अनुसार अहिले वीर अस्पतालको आइसीयूमा उपचार भइरहेको र खतरामुक्त रहेको अस्पतालबाट जानकारी आएको उनले बताए । साथै विष सेवन गर्नुको कुनै कारण भने खुलेको छैन ।

वाइवा केही समय अघि पत्रकार ऋषी धमलासँगको सम्बन्ध रहेको भन्दै सामाजिक सञ्जालमा आएसँगै विवादित बनेकी थिइन् ।