आगलागि भएको श्री एयरलाइन्सको विमान सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको इन्जिनमा आगो लागेपछि विमानलाई काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।

काठमाडौंबाट उड्नासाथ विमानको इन्जिनमा आगो लागेको थियो ।

उक्त विमान त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको हो । सो विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रेहेका श्री एयरलाइन्सले जनाएको छ । विमानमा ७८ जना यात्रु रहेका थिए ।