बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार २ सय र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ ।
बुधबार छापावल सुन प्रतितोला १ लाख ७ हजार ८ सय, तेजावी सुन १ लाख ९ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।






















