सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना, लालबन्दीका २ जनाको मृत्यु

सर्लाहीको हरिपूर्वामा बिहीबार अपराह्न भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ। ​

हरिपूर्वा नगरपालिका–३ धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट उछिट्टिएको थियो।

​मोटरसाइकलमा सवार २ जना पुरुषको घटनास्थमै मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुने दुवै लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगञ्जका रहेका खुलेको छ।

मृत्यु हुनेहरूमा २५–३० वर्षका प्रमेश्वर महतो र अर्का ५०–५५ वर्षका रामकृष्ण भनिने चरित्रबहादुर काफ्ले रहेका प्रहरीले जानकारी दिएको छ।

दुवै मृतकका परिवार घटनास्थलमा पुगेर शवको पहिचान गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।