काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई वटा खेल हुनेछन् भने एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ ।
जसअनुसार च्यासल मैदानमा हुने खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
यसै गरी, रंगशालामा हुने पहिलो खेलमा एपिएफ र मनाङ मर्स्याङदीबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल पनि ३ बजे नै सुरु हुनेछ ।
उता, रंगशालामा ६ बजे हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लब एक आपसमा भिड्ने एन्फाले जनाएको छ ।



















