काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार फाइन गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसका साथै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारको दिन चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।


















