काठमाडौं । सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ ।
गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।
हिजोदेखि सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।
आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।




















