काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले विधेयक प्रमाणीकरण अत्यन्तै सकारात्मक भएको बताएका छन्। विधेयक प्रमाणीकरण भएपछि राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मल्हमको काम गर्ने र नागरिकतासम्बन्धी समस्याको धेरै हदसम्म समाधान गर्ने उनले बताएका छन् ।
अघिल्लो सदनले दुई पटक पारित गरेर प्रमाणीकरणका लागि पठाए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्डमा राखेकी थिइन् । तर, आज राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि कतिपयले भने संविधानविपरीत भनेका छन् ।




















