काठमाडौँ । नेपली महिला क्रिकेट टिमले तेस्रो टी-२० खेलमा मलेसियालाई २७ रनले पराजित गरेको छ ।
मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १११ रनको लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउदै ८३ रन मात्र बनायो र खेल २७ रनले हारेको छ ।
मलेसियाका लागि माहिराह इज्जति इस्मैलले सर्बाधिक ४४ रन बनाइन भने विनिफ्रेड दुराइले २० रन बनाएकी थिइन् ।
त्यस्तै नेपाली बलरकबिता कुँवर, सिता राना मगर र इन्दु बर्माले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै ११० रन बनाएको थियो ।
नेपालका लागि रुबिना क्षेत्रीले सर्बाधिक २७ रन बनाइन भने ज्योति पाण्डेले २३, सित राना मगरले २१ र इन्दु बर्माले २० रन बनाएका थिए ।
योजितसँगै नेपाल ५ खेलको सिरिजमा २-१ ले अगाडी भएको छ ।
अब सिरिजको चौथो खेल जुन ३ मा र पाँचौं खेल जुन ४ मा खेल्ने छ । मे २९ देखि शुरु भएको यो सिरिज जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरलमा भइरहेको छ ।


















