के छ राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको छ । लामो समय राष्ट्रपति कार्यालयमा थन्किएर रहेको नागरिकता विधेयकमा सरकारको सिफारिस राष्ट्रपति पौडेलले प्रमाणिरकण गरेका हुन् ।

राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ ।

यस्तै २०७२ असोज ३ भन्दा अघि जन्मेका आधारमा नेपाली नागरिकता लिएका बाबुआमाका सन्तानले १६ वर्ष उमेर पूरा भएपछि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था नयाँ ऐनमा छ ।

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ (अरि ६)