जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताएका छन् । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे ।
सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताए ।




















