संसदमा सत्तापक्ष र प्रतिपक्षको दोहोरी

नागरिकता विधेयकबारे उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिन नभ्याउँदै संसदमा हंगामा भएको छ । प्रधानमन्त्रीले नागरिकता विधेयकबारे सदनमा उठेका प्रश्नको जवाफ दिँदादिँदै एमालेले अवरोध गरेपछि विवाद भएको हो ।

प्रधानमन्त्रीले जवाफ दिँदादिँदै प्रतिपक्षीले अवरोध गरेर नियमावली उलंघन गरेको सत्तापक्षको दाबी छ । एमालेले प्रधानमन्त्रीलाई बिचमै रोक्ने र सत्तापक्षले पनि डिस्टर्ब गर्ने परिस्थिति बन्दा संसदमा दोहोरीको अवस्था सिर्जना भएको हो ।