काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल न्यूजील्याण्ड र अष्ट्रेलिया भ्रमणबाट स्वदेश फर्कनु भएको छ ।
न्यूजील्याण्डमा आयोजित ७० औं ‘‘एभरेष्ट डे’ मा सहभागी हुन जेठ १२ गते त्यसतर्फ जानुभएका पूर्वप्रधानमन्त्री नेपाल बुधबार दिउँसो स्वदेश फर्कनुभएको हो।
तेञ्जिङनोर्गे शेर्पा र एडमिन हिलारीले सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेकेकाे ७० वर्ष पुगेको अवसरमा न्यूजील्याण्डमा ‘‘एभरेष्ट डे आयोजना गरिएको हो । अध्यक्ष नेपालले एभरेष्ट डे कार्यक्रममा सम्बोधन गर्नुभयाे ।
पूर्वप्रधानमन्त्री नेपाल न्यूजील्याण्ड पछि अष्ट्रेलिया पुग्नुभयो । अध्यक्ष नेपाल एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च र नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया जानुभएको हो । पूर्वप्रधानमन्त्री नेपाल पत्नी गायत्री आचार्यसहित न्यूजील्याण्ड र अष्ट्रेलिया जानुभएको हो ।




















