काठमाडौं । प्रभु बैंक लिमिटेडको ६ लाख बढी संस्थापक शेयर सस्थापक शेयरधनीका लागि आजदेखि बिक्रि खुला भएको छ।
बैंकका ४ शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रि गर्न बैंकमा निवेदन दिएसँगै बैंकले ३५ दिने सूचना जारि गरेको हो।
यसअघिका शेयरधनिले बिक्रि गर्न चाहेको सवा एक लाख भन्दा बढी संस्थापक शेयर शेयरधनिले नकिनेको अवस्थामा पुनः बैंकका अरु शेयरधनिले ६ लाख बढि संस्थापक शेयर बिक्रिका लागि निवेदन दिएसँगै बैंकले बिक्रि खुला गरेको हो।
यसअघि बैंकका ६ जना शेयरधनिले कुला १ लाख १६ हजार ६७३ कित्ता शेयर बिक्रिका लागि निवेदन दिएको शेयर विद्यमान शेयरधनिले नकिनेपछि सर्वसाधरणको लागि आजै १५ दिने सुचनामार्फत बिक्रि आह्वान गरेको छ।
बैंकका ४ जना संस्थापक शेयरधनिले ६ लाख १ हजार ३४ कित्ता शेयर बिक्रि गर्न निवेदन दिएसँगै बैंकले प्रकृया पुरा गरि विद्यमान शेयरधनिका लागि बिक्रि खुला गरेको हो।
बैंकको संस्थापक शेयरधनि ग्लोबल आइएमई समुन्नत योजना १ले लिएको १ लाख २८ हजार ३८१ कित्ता शेयर बिक्रि गर्न निवेदन दिएको थियो। त्यस्तै कमल श्रेष्ठले २ लाख ५० हजार, राकेश कुमार सरावगीले २ लाख १५ हजार ८५३ र सविता दली जोशीले ७ हजार संस्थापक शेयर बिक्रिका लागि निवेदन दिएसँगै बैंकले आजबाट विद्यमान संस्थापक शेयरधनिलाई उक्त शेयर खरिद गर्नको लागि ३५ दिने सुचना निकालेको छ।



















