म्यादी प्रहरीको भर्ना सम्बन्धी नयाँ अपडेट, पुरा पढ्नुहोस र सम्पुर्ण जानकारी लिनुहोस

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिने भएका छन् ।

निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि गृह मन्त्रालयद्वारा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले मन्त्रालयद्वारा स्वीकृत कार्यविधिमा कात्तिक ९ गतेदेखि म्यादी प्रहरीलाई कार्य क्षेत्रमा खटिने जानकारी दिए ।

त्यस्तै, भदौ ३० देखि असोज ६ गतेसम्म आवेदन दिन सकिने, असोज ९ देखि १४ गतेसम्म छनोट प्रक्रिया र असोज २५ गते नजिता प्रकाशन गर्ने गरी कार्यविधि स्वीकृत भएको छ । यसैगरी, असोज २७ र २८ गते नियुक्ति पत्र दिने कार्यविधिमा उल्लेख छ ।

प्रवक्ता राईले कात्तिक ८ गते तालिम सम्पन्न गरी कात्तिक ९ गतेबाट म्यादी प्रहरीलाई कार्यक्षेत्रमा खटाइने जानकारी दिनुभयो । म्यादी प्रहरीको कार्यवधी ४० दिनको हुनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी भएको प्रवक्ता राईले बताए ।

मङ्सिर ४ गते हुने निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिइनेछ ।