गण्डकी गाउँपालिकाले तोमनडाँडा ल्यायो कार्यालय

गोरखाको गण्डकी गाउँपालिकाले पालिकाको–६ स्थित तोमनडाँडामा मुख्य सेवा केन्द्र स्थापना गरेको छ ।

आज एक कार्यक्रमकाविच पालिका अध्यक्ष र उपाध्यक्षले सयुक्त रुपमा कार्यलय उद्घाटन गरेका हुन् । यसअघि अस्थायी रुपमा कार्यालय सञ्चालन भइरहेको ओखलडाँडाबाट बुधबार तोमनडाँडामा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए।

उद्घाटन समारोहमा सबै पार्टीका पालिका स्तरका नेता, कार्यपालिका सदस्यहरु र सर्वसाधारणहरुको सहभागिता रहेको थियो।

गत शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले तोमनडाँडामा पालिकाको मुख्य सेवा केन्द्र खोल्ने निर्णय गरेको थियो । मुख्य सेवा केन्द्र स्थापनासंगै पालिकावासीमा खुसीयाली छाएको छ । पालिकाको यो निर्णयले सर्वसाधारणमा खुसी छाएको छ ।