थुनामुक्त भए पल शाह

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।

बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि सोमबार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भएका हुन् ।

अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।