काठमाडौँ। विकास बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामै २ अर्ब २६ करोड १९ लाख रुपैयाँ मुनाफा कमाएका छन। राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार १४ वटा बैंकले मंसिरसम्म उक्त रकम बराबरको नाफा कमाएका हुन।
काठमाडौं । राष्ट्रियस्तरका ८ वटा बैंकले मात्रै यो अवधिमा २ अर्ब १६ करोड २३ लाख रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् ।
समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यसअवधिमा यसले ४५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । त्यस्तै, गरिमा विकास बैंकले ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । शाइन रेसुङ्गाले ३० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । अरु बैंकको नाफा १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँबीचमा रहेको देखिन्छ।


















