आज आफूसँग भएको अमेरिकी डलर बिक्री गर्नेलाई फाइदा हुने भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको मूल्य १ रुपैयाँले बढेर १३१ रुपैयाँ पुगेको हो।
आज केन्द्रीय बैंकले १ डलरको खरिद दर १३०.७८ र बिक्री दर १३१.३८ रुपैयाँ तोकेको छ।
त्यस्तै युरो १ को खरिद दर १४१.५४ र बिक्री दर १४२.१९ रुपैयाँ पुगेको छ।



















