सुनको मूल्य फेरी बढ्यो, बिहीबार सुन तोलामा १२ सय र चाँदी २५ रुपैयाँले महँगियो

बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार २ सय र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावल सुन प्रतितोला १ लाख ७ हजार ८ सय, तेजावी सुन १ लाख ९ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।