बजेट पारितका लागि प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं । सरकारले आज बजेट पारितका लागि संसदमा पेश गर्दैछ।

जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज -(बुधबार) प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेश गर्न लागेको हो।

मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले बजेट पारितका लागि प्रस्ताव पेश गर्न लागेको हो । यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बजेटकाे पक्षमा मदतान गर्न नेपाली कांग्रेसले सांसदहरूलाई व्हिप जारी गरिसकेकाे छ भने विपक्षी सांसदहरूले पारित हुन नदिने बताइरहेका छन् ।