समीप निरौलाको “न्याय दिलाइदे” म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । कलाकार तथा मोडेल समीप निरौलाको अभिनय रहेको “न्याय दिलाइदे” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा समिपलाई बेनिशा हमालले साथ दिएकी छिन । नेपाली समाजमा बेसाहारा बनेका नारीहरु यौन व्यापारमा फस्न बाध्य भैरहेका क्रियाकलाप भिडियोमार्फत प्रस्तुत गरिएको छ।

उक्त गीतमा प्रमोद खरेलको स्वर रहेको छ भने म्युजिक भिडिओलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई नवीन निरौलाले सम्पादन गरेका छन्।