चीनमा कोरोनाको कहर 

एजेन्सी । नयाँ भेरिएन्ट बीएफ७ ले चीनलाई तनाव दिएको छ । यसले दिनको लगभग १० लाख नयाँ केस ल्याइरहेको छ । अनि २४ घन्टामा ५ हजारजनाको मृत्यु भएको छ ।

ब्लूमबर्ग पत्रिकामा छापिएको रिपोर्टअनुसार, चीनले कोभिड शून्य नीतिलाई अन्त्य गरेपछि ओमिक्रोनको नयाँ भेरिएन्ट बढी आक्रामक भएको छ । अब एक महिनाभित्र ३ लाख ७० हजार नयाँ केस देखिने प्रक्षेपण गरिएको छ । मार्च महिनामा यो आँकडा ४२ लाख पुग्न सक्छ ।