काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका (७ फुलबरियामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन्। मंगलम अस्पतालबाट थप उपचारकोालागि फुल कुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको र हिजो बेलुकी सवा ८ बजे प्रदेश २-०१-००३ प ६९२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।




















