काठमाडौँ लगायत पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो।

‘खासगरी पोखरा, काठमाडौँ उपत्यका, ओखलढुंगा, ताप्लेजुङतिर वर्षा हुने देखिएको छ । उनले भने, ‘तराईका एक दुई स्थानमा खासगरी लुम्बिनीमा पनि आज दिउँसो वर्षा हुने सम्भावना छ।’

मौसमविद् झाका अनुसार आज राति पनि देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ। ‘राति खासगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा वर्षा हुने सम्भावना छ’, उनले भने।

यसैबीच आज बिहान ५स्४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री सेल्सियस रहेको मौसमविद् झाले जानकारी दिए। अहिले बिहान ८ः४५ बजे यो अपडेट हुनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्टेसनका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ।