हात बझेको चुरा अनि पाउमा भएको पाउजुले गन्तब्य भूलाइदियो

म चाहेर पनि स्वतन्त्र हुन सक्दिनँ किनकी म एक नारी हु, पंखा फिजाएर उड्न नपाउदै अङ्गअङ्गहरुमा आलोचनाहरु सल्बलाउन थाल्छन् ।

म शिर नझुकाई आफ्ना पाइला अगाडी चल्न खोज्छु तर मानिसका भिन्नभिन्न मनगडन कँहानीले मेरो गन्तब्यलाई बिर्सेदिने गर्छन् ।
मैले शरीर ढाक्नुपर्छ हातका पाखुरा मात्र देखीएपनि मेरो इज्जत माथि प्रश्न उठ्छन् मलाई आफ्नो कपाल खुल्ला राख्न मन पर्छ, खुल्ला आकाशमा चरा उडेझैँ तनमन भित्र कुनै बोझ नउठाई मात्रै गन्तब्यलाई चप्यापेर हिड्न चाहन्छु। तर कति बेला बल्याकाल सकिएर इज्जतको मापन सुरु हुन थालेको पत्तै नहुने ।

म त्यो प्रतिस्पर्धामा परेँ, जहाँ आफुलाई लुकाउन परिरहेको छ । सपना त्यगेर बाआमालाई सफा अनि दाग नलागेको इज्जत उपहार स्वरुप सुम्पिनु परेको छ ।

मैले लगाएको कुर्थीले मलाई समाज भन्दा माथि उभिन रोक लगाएको छ ।  मेरो शिरमाथि भएका लामा केशले मलाई स्वतन्त्र हुनबाट रोक लगाएको छ ।

मेरो हात बज्ने चुरा अनि पाउमा भएका पाउजुको छिन्छिन् आवाजले मलाई गन्तब्य देखि कही पर भूलाइदिएका छन् ।
यहाँ हेरक शब्दको तापमान हुन्छ हरेक मौनताको मापन हुन्छ मेरो पनि अर्थ छ म अस्तित्वको खोजिमा निक्लिएकी एक यात्री भन्दा फरक नर्पला ।म स्वतन्त्र भई आफैलाई भेटाउन चाहन्छु ।

मेरो आखाँमा नियाल्नुुुस् सम्पतिको कुनै मोह भेटिने छैन ।

मात्र आफ्नो सपना अनि उद्देश्यलाई आखाँको नानी भित्र सजाएर हिडदै छु । निहाल्नु मेरो मनलाई एकफेर केहि अनी कसैको लागि स्वार्थ भेटिने छैन । म मात्र सबैलाई खुसी दिन सँकु भन्ने अपेक्षा बोकेर हिड्दै छु ।

म जल्दै गर्दा पनि नदेखिने राख रहेछु, खा भन्दा पनि नरुचाइयको आखाँ तेज गराउने साग रहेछु, अरुको लागि मात्र बाँचिन्छ कि के हो?

फेरी सम्झिन्छु ,कहीँकहीँ त काम लाग्ने रहेछु कसैको आशु पुच्ने रुमाल कसैको भोक मेट्ने छाक, कुल खानदानको इज्जत रहेछु ।
‘छोरी भनेको अर्काको भाग्य खाने जात हो । उसलाई जस्तो घर पर्छ, त्यो घर अनुकूल बनेर जीवन बिताउनु पर्छ । यही नै हाम्रो जिन्दगीको सार हो ।

मैले पटक–पटक आफूलाई गलत लागेका यस्ता कुराहरूमा सहयोगभन्दा बढी लुकाउने दबाउने गरेको मात्र दखेको छु , बाल्यकालमा पाएका हौसलाहरू त केबल क्षणिक आनन्द मात्र रहेछन् ।

किशोरी भएपछि खुसीहरूमा नियन्त्रित नैतिक शिक्षाको अंकुश लाग्न थाल्दो रहेछ । जब उमेर बढ्दै जान्छ, छोरीप्रतिको धारणामा परिवर्तन हुन थाल्छ ।

मलाई यी सबै गलत लागेका छन् र, सधैँ लागिरहन्छ पनि । त्यसपछि मैले म भित्र रहेका सम्पूर्ण विद्रोहका चेतलाई गुम्साउने निणय गरे, आमाले मेलापात गरिरहदा खेतको बीचमा जन्मेको मान्छे म ।

अभाबको राखमा जलेको मान्छे म । म सँग सुन्दरता छैन । म त्यो प्रतियोगिताको प्रतिस्पर्धामा परेकी छु जहाँ आफूलाई लुकाऊन परेको छ ।