जनपाका अध्यक्ष सिके राउतसहित ६३ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ६३ जनालाई पक्राउ गरेको छ । राउतसहितका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको हो ।

गवृह प्रशासनले निशेधित क्षेत्र घोषणा गरेको माइतीघरमा राउतसहितका नेता तथा कार्यकर्ताहरु प्रदर्शनका लागि जम्मा भएको थिए । सोही अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ ।

जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएकाहरुलाई प्रहरीले हस्तक्षेप गरेको हो ।