काठमाडौं । नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै प्रदर्शन गरेका छन् । नेविसंघले विश्वविद्यालयमा भएको दलियकरण र राजनीतिक हस्तक्षेप को अन्त्यका लागि मंगलबार बिहान ९ः३० बजे,प्रदर्शनी मार्ग, आर आर क्याम्पस अगाडि सडक बहस आयोजना गरेको ने वि संघ केन्दीय सदस्य बिजय ढुंगानाले जानकारी दिए ।
सो बहस कार्यक्रममा नेविसंघका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गरेका छन् । मङ्गलवार अपराह्न सम्पन्न कार्यक्रममा सहभागीहरूले ‘प्रतिस्पर्धाबाट उपकुलपति, बढ्छ विश्वविद्यालयको गति’, ‘अति भए खती हुन्छ, खती हुन नदिऔँ’, ‘अब त टियु सुधार गरौँ’ भन्ने लगायतका ब्यानर प्रदर्शन गरेका थिए ।
बिजय ढुंगाना अनुसार नेविसंघले विश्वविद्यालयमा भएको दलिय हस्तक्षपको अन्त्य गर्ने विषयमा निरन्तर आवाज उठाइरहेको छ । नेविसंघले पुस १६ मा राष्ट्रिय मेलमिलाप दिवस को दिनमा आग्रह, अबको मेलमिलाप हाम्रा विश्वविद्यालयको सुधार र शिक्षाको दलियकरण र राजनीतिक हस्तक्षेप अन्त्यको लागी भन्दै नेपाली कांग्रेसले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रम स्थलमा ब्यानर समेत राखेका थिए, जुन आयोजकले जबरजस्ती हटाएको थियो। उक्त कार्यक्रममा नेविसंघले प्रमुख दलका प्रमुख नेता तथा अन्य उपस्थित नेताहरूलाई पत्र समेत बाँडेका थिए।
यस्तै नेविसंघले त्रिभुवन विश्वविद्यालय को उपकुलपति तथा पदाधिकारी को नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीलाई पत्र अभियान समेत चलाएको छ।




















