बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बा प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताएका छन् ।
गलकोटमा घरदैला तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओली बा, प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताएका हन् ।
“केपी ओली प्रतिगमनकारी हुन्,” उनले भने, “संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्न र न्यायलयमाथि हमला गर्ने केपी ओली“बा”प्रवृत्तिविरुद्ध पाँच दलीय गठबन्धन भएको हो ।”
तत्कालीन प्रधानमन्त्री ओलीका ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको उनले आरोप लगाए ।
ओलीले संविधानको चिरहरण गरी दुई दुई पटक जनप्रतिनिधिको सर्वोच्च थलो संसद विघठन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दूरुपयोग गरी संविधान कुल्चनेलगायतका काम गरेको उनको आरोप छ।
ओलीले न्यायलयमाथि गरेको हस्तक्षेपकारी भूमिकाले न्यायालयअझै गतिमा आउन नसकेको बताए। पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालो कतन्त्रप्रति प्रतिबद्ध भएका कारण निर्वाचन समयमै भएको बताए ।
उनले शिक्षा मन्त्री भएको बेला जिल्लामा विद्यालयको पूर्वाधार निर्माणका लागि अरबौं रकम भित्र्याएको बताएका छन् ।
“बागलुङ जिल्लामाविद्यालयकाभवनकालागि बजेट हाल्दाविपक्षीले मेरो आलोचना गरे,” उनले भने, “ओलीप्रधानमन्त्री हुँदा झापामा टावरहाल्दाउनको आलोचना नहुने, मैले विद्यालय भवन निर्माणका लागि बजेट हाल्दा आलोचित हुनपर्ने ?” पौडेलले जनताको मौलिक हकसँग सम्बन्धित ३३ वटा कानुननिर्माण गरेको बताउँदै कार्यान्यन हुने चरणमा रहेको उल्लेख गरे ।
देशमाबामपंथी र लोकतान्त्रिकशक्तिहरु मिलेको सन्दर्श निकाल्दै देशमा केपी ओली बागीको रुपमा रहेका टिप्पणी गरे ।
५ वर्षको अवधिमा सबैको घर बस्तीमा जान नपाए पनि जनताकै पक्षमा काम गरिरहेको दाबी गरे । संविधान सभा सदस्य नरबहादुर पुननिरजले अहिलेको गठबन्धन ५ वर्षसम्म रहने बताए।
राष्ट्रियता र संविधाको रक्षाका लागि साझा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै टोलटोलबाट लाग्न नेताकार्यकर्तालाई निर्देशन दिए।




















