काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवाद)का पार्टी कार्यलय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरले पार्टीले दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गर्ने र सर्वसम्मत भएमा उनलाई उक्त पदको जिम्मेवारी दिने तयारी भएको जानकारी दिए ।
पार्टीले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ। पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई आजै स्वागत तथा सम्मान पनि गरिने कार्यक्रम तय भएको छ। छ।



















