काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा गगन थापालाई समर्थन गर्ने भएका छन्।
हनुमानस्थानस्थित होटेल बसेरामा भएको थापा र कोइराला पक्षका सांसदहरूको बैठकमा महामन्त्री शर्मा पनि पुगेका हुन्। शर्मालाई नेता अर्जुननरसिंह केसीले स्वागत गरेका थिए।
कांग्रेसको संस्थापनइतर समूहले महामन्त्री थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।



















