एजेन्सी । भारतको दक्षिण दिल्लीस्थीत ग्रेटर कैलाश इलाकामा आइतबार एक वृद्धाश्रममा आगलागी हुदाँ दुई जनाको मृत्यु भएको छ ।
ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तलामा आगलागी भएलगत्तै पाँच दमकल घटनास्थलमा पुगेको दमकल विभागले जनाएको छ ।
यस घटनामा १३ जनाको उद्धार गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । समाचार एजेन्सी एएनआईका अनुसार दक्षिण दिल्लीका डीसीपी चन्दन शर्माले यो वृद्धाश्रमले नो अब्जेक्सन सर्टिफिकेट पाएको थियो वा थिएन, यसको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।



















